काठमाडौं—नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थानहरुमा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थाहरुमा धेरै राजनीतिकरण भएको बताए ।
उनले सामाजिक संस्थाहरुलाई राजनीतिक रुपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मुल ध्येय नै विचलित हुन पुगेको बताए । उनले नयाँ पुस्तालाई अवसर पाउनुपर्ने कुरामा कुनै प्रश्न नरहेको बताए ।


प्रतिक्रिया