काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।
शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा शुभकामना दिँदै उनले ल्होसार पर्वले नेपालीबीचको एकता अझ सदृढ गर्दै समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । संस्कृति, परम्परा र मान्यतालाई अनुशरण गर्दै मनाइने ग्याल्पो ल्होसारलगायत चाडपर्वहरूले पारिवारिक माया, सामाजिक सद्भाव एवं एकता कायम राख्न योगदान पु¥याउँदै आएको राष्ट्रपति पौडेलले स्मरण गरे ।


प्रतिक्रिया