काठमाडौं—जनवरी २० मा कार्यभार सम्हालेयता राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को आक्रामक निर्णय लिइरहेका छन् । ‘मेक अमेरिका ग्रेट अगेन’ भन्दै अमेरिकी जनताका लागि काम गर्ने घोषणा गरेका ट्रम्पले आप्रवासी योजनामा विशेष ध्यान दिएका छन् । ठूला–ठूला सहरमा प्रहरी परिचालन गरेरै सोधपुछ भइरहेको छ । गैर कानुनी रुपमा अमेरिका बसिरहेका आप्रवासी धमाधम पक्राउ भइरहेका छन् ।
कतिलाई त अपमानजनक ढंगले ‘अपराधीझैँ शैलीमा धमाधम ‘डिपोर्ट’ गरिँदैछ । हालसम्म करिब ५ हजार भन्दा बढी आप्रवासी अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । हजारौं आप्रवासी पक्राउ परिरहेका छन् । प्रहरी नियन्त्रणमा परेकाहरुको तस्विर र सूचना ह्वाइट हाउससँगै होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरिरहेको छ । तर, ट्रम्पले हालै आप्रवासी लखटेर धनीमानीलाई अमेकिरा भित्र्याउने स्कीम सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया