राजनीति

विदेशीबाट झनझन् हेपिँदै नेपाल, ओली–आरजुलाई कसैले पत्याएन, चीन–अमेरिकाकै चेपुवा (भिडियो)


काठमाडौं—संसदीय अंक गणित र त्यसैको फाइदा उठाउँदै हुने दलीय स्वार्थको उथलपुथलका कारण विश्वमै राजनीतिक अस्थिरताले गुज्रिरहेको देश हो, नेपाल । कुनै एक दलले पूर्णबहुमत प्राप्त गर्न नसक्दा सरकार गठनका लागि गठबन्धन गर्नु पर्ने बाध्यताले वर्ष दिन पुग्न नपाउँदै सरकार ढाल्ने र बनाउने खेल विगत लामो समयदेखि चल्दै आएको छ । सत्ता सञ्चालनका लागि पाँच वर्षको पूर्ण म्यान्डेड पाउन नसक्दा यही अस्थिरताको फाइदा उठाउन पल्किएका प्रमुख दलका शीर्ष नेताहरु आफ्नो जादुयी नम्बरले काम गरेको ठान्छन् ।

सत्ता नै सबथोक ठान्ने नेताहरु सत्ता उलटफेरलाई आफ्नो राजनीतिक शक्तिको रुपमा व्याख्या गर्छन् । फलतः पछिल्लो एक दशकमा मात्रै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई÷दुई पटक प्रधानमन्त्री बने । कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो पटक सत्तारोहणको तरखरमा छन् भने व्यक्तिगत रुपमा छैटौँ पटक प्रधानमन्त्री बन्ने दाउमा छन् । कांग्रेस–एमालेबीच भएको सहमति अनुसार राष्ट्रिय राजनीति अघि बढ्यो भने देउवाले अब धेरै कुर्नु पर्ने छैन । ओलीपछि देउवा प्रधानमन्त्री बन्ने पक्का छ । प्रधानमन्त्री बन्न खुट्टा उचालेर बसेका देउवा दिनगिन्ती गरेर बसिरहेका छन् ।

संसदको ठुलो दल कांग्रेसको आडमा सत्तासिन प्रधानमन्त्री ओलीले कतिन्जेल सत्ता टिकाउँछन् ? यसै भन्न सक्ने अवस्था छैन । यद्यपि मुलुकको राष्ट्रिय राजनीति पछिल्लो समय यी नै तीन नेताको वरिपरि घुमिरहेको छ । ओली, प्रचण्ड र देउवाले आलोपालो देशको शासन सत्ता सम्हाल्दै आएका छन् । संसदीय अंकगणितको आडमा कहिले झिनो अंकले त कहिले बहुमत प्राप्त शक्तिशाली सरकार बन्ने र ढल्ने क्रम रोकिन सकेको छैन । तर यी सबै सरकार न त जनजीविकाका सवालमा सफल छन् न राष्ट्रिय सवालमा । जनतामा छाएको निराशा चिर्ने प्रण गरेर बनेको दुई तिहाइ बहुमत प्राप्त ओली नेतृत्वको सरकार र सरकारको ८ महिने निराशाजनक कार्यप्रगति नै