काठमाडौं—पावन भूमि पाशुपत क्षेत्रमा साता दिनदेखि नै निकै चहलपहल सुरु भइसकेको थियो । तर, तर, बुधबार शिवरात्रीको विशेष दिन परेकाले चहलपहल त थियो नै श्रद्धालुको थामिनसक्नु भीड पनि थियो । बिहान २ बजेदेखि चारै ढोका खोलिदिए पनि भगवान पशुपतिनाथको दर्शन पाउन लामो लाइन छिचोल्नुपथ्र्यो ।
देशैभरका शिवालयहरूमा देवादिदेव महादेवको पूजा आराधना, भजनकीर्तन सहित महाशिवरात्री पर्व मनाइएको छ । हिन्दु मात्र नभई भगवान शिवलाई विभित्र रुपमा मात्रेका लागि पवित्र धार्मिकस्थल पशुपतिनाथको छुट्टै महत्व छ । हरेक वर्षझैं यस वर्ष पनि राष्ट्रप्रमुखदेखि आम सर्वसाधारण दर्शनार्थीहरू काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा दर्शनका लागि पुगेका थिए । महाशिवरात्रीकै लागि देशका विभित्र स्थानसहित भारत, श्रीलंकाबाटसमे साधु महन्तहरू पशुपति पुुग्ने गर्छन् । महाशिवरात्रीको पर्यायवाचीझैं बजेका साधु र नागासाधुले पशुपति क्षेत्रको रौथक थप बढाएको देखिन्थ्यो ।


प्रतिक्रिया