Breaking

पशुपतिमा बावाका तण्डव, गाँजा खुवाउँछन्, धम्क्याएर भिक्षा माग्छन्, हेर्दै अनौठा लाग्ने नागाबावा (भिडियो)


काठमाडौं—शिवरात्री भन्ने बित्तिकै एक्कासी मनस्पटलमा आउँछन्– नाँगाबाबा र गाँजा । एउटा यस्तो जमाद छ जसलाई शिवरात्रीको महत्व वा पूजााजासँग कुनै मतलब हुँदैन । तर, गाँजा तान्न वा बावाहरुका चर्तिकला हेर्न मात्र भए पनि पशुपति पुग्छन् । लाग्छ– साँझ ती चटक टिकटकमा देखाउन पाए उसलाई सबै फल मिलेको अनुभव हुन्छ । पशुपतिनाथमा यसवर्ष पनि यस्तो जमाद कम थिएन ।
हिन्दू धर्ममा नागाबाबा र अघोरीहरुलाई धर्म रक्षक मानिन्छ । उनीहरुको विशेष स्थान छ । तर, पहेंलो बस्त्र धारण गरेकै कारण आफूलाई बावा मान्ने नक्कली भेषका बावाले पशुुपति क्षेत्र हरेक वर्ष अशान्त त बनाउँछन् बनाउँछन् । उनीहरुका कर्तुतले धर्म, संस्कृति र संस्कारकै बदनाम हुने गरेको छ । गाँजा, भाङ, धतुरो सेवन गरेर बावाहरुका अस्वभाविक चटकले एक जमादलाई मनोरञ्जन दिए पनि वास्तविक भक्तजनलाई असहज मात्र बनाएन समय–सममा सिंगो पशुपति क्षेत्र नै होहल्लामय बनेको थियो ।