राजनीति

२०४७ सालपछि सरकारमा रहेकाको रवि लामिछानेको झैं सम्पत्ति शुद्धीकरणमा छानबिन गर्न रास्वपाको माग


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरि ढकालले २०४७ सालपछि सरकारमा रहेकाको पार्टी सभापति रवि लामिछानेको झैं सम्पत्ति शुद्धीकरणमा छानबिन गर्ने हो भने टाउको लुकाउने ठाउँ नभेटिने टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै ढकालले भ्रष्टाचारविरूद्ध आवाज उठाउन २०७९ को निर्वाचनले जग बसालेको बताए।

उनले संसदीय छानबिन समितिले सहकारीबाट रकम ल्याउन सभापति लामिछानेको संलग्नता छैन भन्दाभन्दै सम्पत्ति शुद्धीकरण, सहकारी ठगी अभियोगमा छानबिन गरिएको पनि बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले माइक समात्नेबित्तिकै म भ्रष्टाचार गर्दिन भन्ने गरेको उल्लेख गर्दै सांसद ढकालले उनकै पालामा सुशासनमा नेपालको अवस्था कमजोर बनेको बताए।