Breaking

इन्सपेक्टर सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि अर्का इन्सपेक्टर जोशी पक्राउ


सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । उजुरी दर्ता भएपछि जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तत शर्माले जानकारी दिए ।

पक्राउ परेका इन्सप्क्टर २३ नं.गण तनहुँमा कार्यरत छन् । उनी १६ बेसिकका इन्सपेक्टर हुन् । जोशी र सन्तोषी प्रेमी-प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण सन्तोषीले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।

यो घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले समेत राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।