Breaking

ललितपुर महानगरपालिकाले न्हुँ पोखरीमा डोजर चलायो


काठमाडौं—ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामाथि डोजर चलाएको छ । ललितपुर–५ मा रहेको न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि ५ नम्बर वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत संरचनामा सोमबार बिहान डोजर चलाएको हो ।

‘त्यहाँ एउटा ऐतिहासिक पोखरी छ । त्यहाँ पोखरी छ भनेर धेरैलाई थाहा छैन । त्यसलाई पुनर्निर्माण गर्नका लागि अस्थायी र अनधिकृत भवन हटाउन लागिएको ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाच्छेथुले जानकारी दिए।