राजनीति

सरकारलाई खबरदारी गर्नु आफूहरुको दायित्व भएको शेखरको कोईरालाको दाबी


काठमाडौं—सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारका गलत क्रियाकलापको कांग्रेस सांसदहरूले खबरदारी गर्नुपर्ने बताएका छन्। सरकारमा सहभागी मन्त्रीले एमालेसँग सहकार्य गरे पनि अन्यले खबरदारी गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले आगामी निर्वाचनमा पनि एमाले नै काँग्रेसको प्रतिष्पर्धी हुने पनि बताउनुभयो । सांसद कोइरालाले सरकारलाई खबरदारी गर्नु आफूहरुको दायित्व भएको बताए ।

नेता कोईरालाले २०८२ को मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरुको चाहना रहेको पन बताउनुभयो । तोकिएको समयभन्दा पछि महाधिवेशन गरे काँग्रेस, लोकतन्त्र र देश कमजोर हुने उनको दाबी छ।