काठमाडौं—संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध सातै प्रदेशमा भण्डाफोर अभियान सुरु गर्दैछ ।
भण्डाफोर अभियानको सुरुवात गण्डकी प्रदेशको राजधानी पोखराबाट सुरु हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्न लागिएको उहाँले बताए। राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्नुपर्ने माग गर्दै आएको छ ।
राप्रपाले सातै प्रदेशका प्रमुख शहरमा भण्डाफोर कार्यक्रम गर्दै छ । गण्डकीको पोखरा, मधेशको जनकपुर, बागमतीको काठमाडौं, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा भण्डाफोर कार्यक्रमको मिति तय गरिएको छ । कोशी प्रदेशमा भने मिति र स्थान तोकिन बाँकी रहेको राप्रपाले जनाएको छ ।


प्रतिक्रिया