काठमाडौं—हमासले इजरायललाई एउटाको भनेर हस्तान्तरण गरेको शव अर्कैको रहेको खुलेको छ। बिहीबार हमासले चार इजरायली बन्धकको शव हस्तान्तरण गरेको थियो।३२ वर्षीय शिरी बिबस, उनकी चार वर्षकी छोरी एरियल र १० महिनाका छोरा केफिरसँगै ८४ वर्षका ओडेड लिफसिथको भनेर हमासले चार जनाको शव हस्तान्तरण गरेको थियो।
तर फरेन्सिक जाँचका क्रममा शिरीको भनिएको शव उनको नरहेको खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्।शव हस्तान्तरणपछि इजरायलले चार वटै शवको फरेन्सिक जाँच गरेको थियो। इजरायलले शिरीको भनेर पहिचान नखुलेको शव पठाएको भन्दै आपत्ति जनाएको छ। इजरायलले शिरीको शव तत्काल पठाउन चेतावनी दिएको छ । यसैबीच, संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डेननले हमासको बर्बरतापूर्ण कदमलाई राष्ट्रसंघमा रहेका सबै मुलुकहरूले निन्दा गर्नुपर्ने बताएका छन् । हमासले युद्धविरामको सम्झौता उल्लंघन गरेको पनि उनले दाबी गरे ।


प्रतिक्रिया