Breaking

पूर्वराजाको थ्रेटले ल्याएको तरंग,राप्रपा सडकमा उत्रियो,हौसिए दुर्गा, गणतन्त्रवादी किन निरीह? (भिडियो)


काठमाडौं—आफ्नो त्यागलाई कमजोरी नठान्न चेतावनीसहित प्रजातन्त्रको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना अहिले चर्चामा छ । जसले राजावादीमा हौसलाको पारो बढ्दा राप्रपा आन्दोलन परिचालन समितिका संयोजक तथा पार्टी महामन्त्रीसमेत रहेका डा. धवलशमशेर जबराले त आन्दोलनमा होमिन नागरिकलाई आह्वान नै गरेका छन् । त्यस्तै प्रवक्ता ज्ञानेन्द्र शाहीले तयार रहन भन्दै सामाजिक सञ्जालमा लेख्दा राप्रपाले फागुन महिनामा देशका विभिन्न सहरमा सभा गर्ने यसअघि नै तयारी गरेको थियो । चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको राप्रपा राजाको सन्देशले अझ उत्साहित देखिँदाराप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि देश र जनता बचाउनराजा र जनताबीच साझेदारीको आवश्यकता रहेको औँल्याएका छन् । यता वेलावेला वोली फेर्दै राजतन्त्रको एजेण्डा पनि बोक्दै आएका दुर्गा प्रसाईंले त ज्ञानेन्द्रलाई डोहोर्याएर राजगद्दीमा राख्ने सपना नै देख्न थालिसकेका छन् ।

यता पूर्वराजाले आफ्नो माहोल परीक्षण गरेको यो नै पहिलो पटक भने होइन । भारत गएर उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्नेदेखि मेचीपूलमा गएर दुर्गा प्रसाईंको अभियान शुभारम्भ गर्ने कामसमेत पूर्वराजा शाहले गरेका थिए । त्यसबाहेक बारम्बार देश भ्रमणमा निस्किने उनले राजदरवार हत्याकण्डमा आफ्नो नाम जोडिएकोमा यसअघि नै सार्वजनिक रुपमा प्रश्न उठाइसकेका छन् । तर उनका प्रत्येक पल्टका कदमलाई राजतन्त्र फिर्तीसँग जोडेर हेरिँदायो पल्ट पनि त्यसैको निरन्तरता भएको गणतन्त्रवादीहरुको तर्क छ । यद्यपि युसएसआईडीले सहयोग रोकेसँगै बजारमा आएको डलरे चर्चा र दलहरुप्रतिको बढ्दो वितृष्णाकाबीच उनको सक्रियता संयोग मात्र नभएको एक तप्काले बताउँदै आएको छ । यो संविधानको मुख्य उपलब्धिमध्ये धर्म निरपेक्षता र संघीयतासँग डलर जोडिएको विषय उजागर हुनु र नागरिकमा बढ्दो वितृष्णा अर्को कारण रहेको विश्लेषकहरु बताउँछन् । राजनीतिशास्त्रका प्राध्यापक गंगा थापा पनि गणतन्त्र व्यवस्थाप्रतिको अपनत्व लिने जमात नै कम हुँदै गएको तर्क गर्छन् । तर यसको अर्थ राजतन्त्र नैविकल्प नभएको उनी बताउँछन् । अर्थात राजतन्त्रवादीको हौसलामा तुक नभएको उनको संकेत छ ।

हुन त पूर्वराजाको आत्मविश्वासमा भूराजनीतिक तापको प्रभाव रहेको विश्लेषण गर्नेहरुपनि छन् । त्यस्तै मुख्य राजनीतिक दलको नेतृत्व नै मौन रहुनुले अर्को गज्जब दृष्य देखिँदाकांग्रेसमा त हिन्दु राष्ट्र र राजतन्त्रप्रति नरमहरुको संख्या ठूलै छ । त्यस्तै माओवादीले त जनयुद्धमै दिल्ली दरवारलाई कसरी प्रयोग गर्यो यसै छरपस्ट छ । यसै सन्दर्भमा केहि समय अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको दाबीसहितको खबर सामाजिक सञ्जालमा फैलिएको थियो । जसबारे प्रचण्डको सचिवालय नै बोल्न बाध्य हुँदा अर्का विश्लेषक श्याम बस्नेतपनि दलहरुको साथ बिना ज्ञानेन्द्रको सत्तारोहण सम्भव नभएको तर्क गर्छन् ।

यो देशमा ज्योतिष होस् कि पालो नपाएर वाक्क भएका नेता धेरैले धेरै पटक राजा फर्काइसकेका छन् । जहाँ हिजोको परिर्वतन र अबको भविष्य दुबै नदेखेको जमात बढ्दै जाँदा राजाले मुन्टो उचाल्नु धेरै अस्वभाविकसमेत देखिँदैन । तर कसले ल्याउने राजा? कसको राजा र किन राजा ?भन्नेमै राजावादीहरु एकमत छैनन् । जहाँ राजा भजाउने शक्ति नै आधा दर्जनभन्दा बढी हुनु र मुख्य शक्तिले संसद र सत्ताको चास्नी लिनेभन्दा पर नसोच्नुले पूर्वराजाको सपना वाणीविलासको विषय भएपनि कार्यान्वयबाट भने धेरै टाढा भएको पक्का छ ।