काठमाडौं—नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल बनाउन सम्भव रहेको बताएका छन्। नेपालीहरूले नै नेपाल बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने उनको भनाइ छ।
गोरखाको पालुङटार नगरपालिका १० मा चौथो मिरकोट कोटगढी महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाल ‘जल, जमीन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर सम्भावना बोकको देश
भएको बताएका छन् । आफूले सरकारको नेतृत्व गर्दा महत्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादको बाटोमा अघि बढाउन सफल भएको उनले दाबी गरे।
उनले गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया थालनी गरेर उनीहरूले आर्जन गरेको रकम नेपालमा लगानी गर्ने वातावरण बनाएको पनि बताए। जनताले आफ्ना छोराछोरीलाई आफ्नै माटोमा केन्द्रित गर्ने गरी सोच्ने र राज्यले योजनाबद्ध पहल अघि बढाउने हो भने केही वर्षभित्र नेपाललाई सम्पन्न देश बनाउन सकिने प्रशस्त आधार रहेको उनले बताए।


प्रतिक्रिया