Breaking

देशको निर्यात व्यापार ४७ प्रतिशतले बढ्यो


काठमाडौं—देशको निर्यात व्यापार ४७प्रतिशतले बढेको छ । भन्सार विभागले आजसार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार सातमहिनामा १ खर्ब २७अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात गरेको हो ।यो रकमगतआर्थिक वर्षको सोहीअवधिमा ४६.५० प्रतिशतले बढी रहेको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०८०÷८१ को पहिलो ७महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । यस्तै आयातव्यापार १० प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको सातमहिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयातभएको छ ।२०८०÷८१ को पहिलो ६ महिनामा ८ खर्ब ९७अर्ब ९४ करोड रुपैयाँको वस्तु आयातभएको विभागको तथ्यांक छ ।आयातनिर्यातसँगै व्यापार घाटा ६.२० प्रतिशतले बढेको छ । गतआर्थिक वर्षको पहिलो सातमहिनामामुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँथियो । चालु आर्थिक वर्षको सोहीअवधिमाव्यापार घाटा बढेर ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँपुगेको विभागले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो सातमहिनाको तथ्यांकअनुसार नेपालले भारत र चीनसँग सबैभन्दा ठूलो व्यापार घाटा बेहोरेको छ। कुलव्यापार घाटा ८६१ अर्ब रुपैयाँभन्दा बढी रहेको छ, जसमाभारत र चीनकै अंशमुख्य छ।विभागको तथ्यांकअनुसार नेपालको यस अवधिमा १५९ भन्दा बढी देशसँगकारोबार भएको छ ।