Breaking

केआइआइटीको समस्या कूटनीतिक माध्यमबाट समाधान गरेको परराष्ट्र मन्त्रीको भनाइ


काठमाडौं—परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतको ओडियास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा उत्पन्न समस्या समाधान भएको बताएकी छन्।

किटमा पढ्ने नेपालकी छात्रा प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको परराष्ट्र मन्त्री राणाको भनाइ छ।

आफूले बुधबार ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको उनले बताइन्।