काठमाडौं—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए । शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई वक्ताका रुपमा आमन्त्रित गरिएको थियो । अन्तिम समयमा आएर देउवाको भ्रमण रद्ध भएको हो ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा भारत नजाने जानकारी दिए । दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्ने समय नपाएपछि उनको भ्रमण रद्द भएको हो ।


प्रतिक्रिया