राजनीति

पूर्वराजाको अभिव्यक्तिलाई समर्थन गर्दै राप्रपाले गर्यो आन्दोलनको आह्वान


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सबै नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आह्वान गरेको छ । बुधवार सो पार्टीका महामन्त्री डा.धवलशम्शेर राणाले सो आह्वान गरेका हुन् ।

राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राणाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीहरूलाई साथ दिन आह्वान भएको भन्दै उनको अभिव्यक्तिलाई स्वागत समेत गरेका छन् ।