राजनीति

पूर्वराजालाई उचाल्ने काम भइरहेको छ : शंकर पोखरेल


काठमाडौं—नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक परिवर्तन मास्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचाल्ने काम भइरहेको टिप्पणी गरेका छन् ।

एमालेको वडाकेन्द्रित अभियान शुभारम्भ गर्न बुधबार कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२÷६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरि पश्चगामीहरू सल्बलाउन थालेको बताए ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केही शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे ।