समाचार

नेपाली विद्यार्थीलाई धम्क्याउने किट कलेजकी कर्मचारीले माफी मागिन्


काठमाडौं—भारतको ओडिसा राज्यस्थित किट युनिभर्सिटीकी होस्टेल स्टाफले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक माफी मागेकी छन् । नेपालकी छात्रा प्रकृति लम्सालको मृत्युपछि शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई उनले हप्कीदप्की गरेकी थिइन् । एक भिडिओ सन्देश जारी गर्दै उनले क्षमायाचना गरेकी हुन् ।

यी कर्मचारीले नेपाली विद्यार्थीहरुलाई थर्काउँदै तुरुन्तै आफ्नो सामान प्याक गरेर घर फर्किन चेतावनी दिएकी थिइन् । उनीसहित दुई महिलाहरुले थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपालीहरूले मात्र नभएर भारतीयले पनि उनको यस्तो हर्कतको आलोचना गरेका छन् । कलेजले आज एक सूचना जारी गर्दै उनीसहित ५ जना कर्मचारीलाई कारवाही गरिएको जनाएको छ ।