Breaking

नेपाली विद्यार्थीको सुरक्षा व्यवस्थाका लागि ओडिसा पुग्यो नेपाल प्रहरीको टोली


काठमाडौं—भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी विद्यालय पुगेको जानकारी गराएका हुन् । उक्त कलेजको होस्टेलमा बुटवलकी प्रकृति लम्साल शंकास्पद रुपमा मृत भेटिएकी थिइन् । सो घटनापछि विकसित परिस्थितिलाई सरकारले निरन्तर फलोअप गरिरहेको परराष्ट्रमन्त्री राणाले बताएकी छिन् ।

परराष्ट्रमन्त्री राणाले घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको बताएकी छिन् ।