Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

२७ वर्षपछि दिल्लीमा ‘मोदी राज’ फर्कियो, केजरीवालको कन्तबिजोक, कांग्रेसले पानी भन्न पाएन (भिडियो)


काठमाडौ. । भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत ल्याउने निश्चित भएको छ । अव दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार बन्ने पक्कापक्की भएको हो । पछिल्लो परिणाम अनुसार दिल्लीमा कम्युनिष्ट र कांग्रेसको कन्तबिजोक देखिएको छ ।

कुनैपनि निर्वाचन क्षेत्रमा खाता खोल्न सकेका छैनन् । भ्रष्टाचार विरोधी अभियान्तको छवि बनाएका आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालाइ भने यो चुनावमा अप्रत्यासित झड्का लागेको छ।

चुनावमा केजरीवालमात्र पराजित नभएर आम आदमीका प्रायः चर्चित नेताहरु हारको संघारमा छन् । लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ । आपका मनीष सिसोदिया पनि जंगपुरामा पराजित भएका छन्। तर, मुख्यमन्त्री आतिशी कालकाजीबाट विजयी भएकी छन्। अर्का नेता सत्येन्द्र जैनले पनि चुनाव हारेका छन् । दिल्ली विधानसभा चुनावमा भाजपाले कमब्याक गरेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले प्रतिक्रिया दिएका छन् । उनले आम आदमी पार्टीलाई लक्षित गर्दै दिल्लीवासीले जनतालाई पटक–पटक झूटा वाचा गरेर भ्रमित गर्न सकिन्न भन्ने सन्देश दिएको टिप्पणी गरेका हुन् ।

सन् २०१३ मा नवगठित आम आदमी पार्टीले आफ्नो पहिलो चुनावमा ७० मध्ये २८ सिट जितेर सबैलाई चकित पारेको थियो । त्यतिबेला भाजपा सबैभन्दा ठूलो पार्टी बनेको थियो तर आम आदमी पार्टीले कांग्रेससँग मिलेर सरकार बनायो। यद्यपी यो सरकार ४९ दिन मात्र टिक्यो । अरविन्द केजरीवालले फेब्रुअरी २०१४ मा राजीनामा दिएका थिए । पछि मध्यावधी निर्वाचन गराएर, २०१५ मा चुनाव हुँदा आपले ७० मध्ये ६७ सिट जितेर दिल्लीको राजनीतिमा इतिहास रचेको थियो ।

(बाँकि भिडियोसहित)