Breaking

मन्त्रीले आईजीपीको जिभ्रो थुत्नुपर्छ भन्दा त्यो अभद्र व्यवहार भएन : सोविता गौतम


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले ‘अभियन्ता’ आशिका तामाङलाई गलत नियतवस प्रहरीले हिरासतमा राखिरहेको भन्दै आपत्ति जनाएकी छन् । उनले आज संसदीय समितिमा बोल्दै सबै नागरिकहरुलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिइन् । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आज गौतमले आशिकाको प्रसंग निकालेकी हुन् । राज्यले आशिकालाई कसै गरे पनि छोड्नुहुँदैन भन्ने नियत राखेको आरोप उनले लगाइन् ।

गौतमले भनिन्, ‘विगतमा बहालबाला मन्त्रीज्यूले आईजीपीको जिभ्रो थुत्नुपर्छ भन्दा त्यो अभद्र व्यवहार भएन, उहाँलाई प्रहरीले सलाम गरेर हिँड्नुपर्छ । आशिका तामाङले प्रहरीलाई हु आर यू भनेर प्रश्न गर्दा अभद्र भयो ? कानूनको बराबर प्रयोग यही हो ?’अभद्र व्यवहारका नाममा पक्रिएर आतंकित पार्न खोजिएको उनले बताइन् ।