काठमाडौं—नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने निष्कर्ष निकालिएको छ । आजको दलको बैठकमा भएको छलफलबारे जानकारी दिँदै सांसद रामहरि खतिवडाले यो सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको साथै अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ गरेको बताए । विपक्षी दलले गरिरहेको अध्यादेशको विरोधका सम्बन्धमा खतिवडाले सरकारले आवश्यक र औचित्यको आधारमा अध्यादेश ल्याउने प्रष्टीकरण दिए । आगामी सदनमा कांग्रेस एक भएर जनताको मुद्दा उठाउने खतिवडाले बताए । दलको बैठक भोलि पनि बस्नेछ । सांसदहरूले बोलिसकेपछि मन्त्रीहरूले मन्त्रालयगत कामका ब्रिफिङ गर्ने छन् ।
Breaking


प्रतिक्रिया