Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

प्रथम त्रियुगा जलजले महोत्सव हुँदै, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्य


उदयपुर । त्रियुगा नगरपालिका वडा न.६ जलजलेमा प्रथम त्रियुगा जलजले महोत्सव २०८१ संचालन हुने भएको छ। स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने उदेश्यले संचालन गर्न लागिएको महोत्सव यही माघ २३ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने आयोजक स्वर्णिम युवा क्लबका अध्यक्ष रामाकान्त चौधरीले जानकारी दिए । स्थानीय र राष्ट्रिय कलाकारको सहभागितामा रहने महोत्सवमा विभिन्न जात जातिको भेषभुषा, परीकार र स्थानीय उत्पादनसहितको स्टल रहने आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर १० दिनमा १ लाख दर्शकको सहभागित रहने अपेक्षा गरिएको छ। मेला अवलोकनका लागि सदरमुकाम गाईघाटसहित चुहाडे, मुर्कुची, देउरी, श्रीपुर लालपत्तासहित पूर्वीबेल्ट, बेल्टार हडिया, लयगायतका क्षेत्र र छिमेकी जिल्ला सप्तरी र सिराहा आसपासबाट समेत मानिसहरु आउने अपेक्षा गरिएको छ।

महोत्सवबाट संकलित रकम, स्थानीय रुपमा निर्माण गरिएको पार्कको स्तरोन्नतीमा खर्च गर्ने उदेश्य राखिएको छ। स्थानीय स्तरको विकास निर्माणमा टेवा पु¥याउने उदेश्यले युवाहरुको सक्रिय सहभागितमा महत्सवको आयोजना गरिएको छ। उदयपुर सिमेन्ट उद्योग लिमिटेडको खेल मैदानमा हुने महोत्सवमा राष्ट्रिय स्तरमा चर्चा बटुलेवा ख्यातिप्राप्त कलाकार ज्योति मगरदेखि समिक्षाअधिकारीसम्मको प्रस्तुती रहने आयोजकले जनाएको छ। महोत्सव अवधिभर २१ जना कलाकारले प्रस्तुती दिनेछन् । जसमा दुर्गेश थापा,सुगम पोखरेल, ¥यापर जी–बब, कमल खत्री, तृष्णा गुरुङ अनु चौधरी, प्रिती पासवान, लगायतको प्रस्तुती रहने छ।