Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

हमासद्वारा चारजना इजरायली बन्धक रिहा


प्यालेस्टिनी समूह हमासले चारजना इजरायली बन्धकहरू मुक्त गरेको छ ।

उनीहरूलाई गत आइतवार गाजामा भएको युद्धविराम तथा बन्धक छाड्ने सम्झौताअनुसार दोस्रो चरण रिहा गरिएको हो । रिहा भएका करिना अरिएभ, डानिएला गिल्बोआ, नामा लेभी र लिरी अल्बाग इजरायली महिला सैनिकहरू हुन् । चार महिला सैनिकको बदलामा इजरायलले करिब २ सय प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने जनाइएको छ ।

सम्झौता अनुसार झण्डै ६ साता लामो पहिलो चरणको युद्धविराममा हमासले ३३ जना इजरायली बन्धक छाड्नेछ । त्यसको बदलामा इजरायली जेलमा रहेका करिब १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुने जनाइएको छ ।

हमासले सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियोे भने २५१ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको युद्धमा ४६ हजार बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् ।