काठमाडौँ – क्रोएसिया पठाउने नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेको महारभारत गाउँपालिका–२ का ४० वर्षीया लालिमाया दर्लामी छिन् । उनलाई काठमाडौं काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेको हो ।
उनले क्रोएसिया पठाउने भन्दै एक जनाबाट ५ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी दर्लामीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको छ ।
प्रतिक्रिया