समाचार

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ


विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ । आक्रमणबाट उनको निधारमा चोट लागेको छ ।

उनीमाथि झापाको कार्यक्रम सकेर घर फर्किदै गर्दा सुरुङ्गा नजिकै आक्रमण भएको हो । थापामाथि आक्रमण गर्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी दुई जना पक्राउ परेका छन् ।

बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए ।