काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभइ विश्वव्यापी साझा मुद्दा भएको बताए ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए । उनले यसका असरहरु आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रष्ट रुपमा देखिँदै आएको बताए ।
जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्नेमा उनको जोड छ ।
अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुमपा रहेको दक्षिण एशिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौति खडा गरेको बताए ।
प्रतिक्रिया