Breaking

सार्वजनिक लेखा समिति सभापतिकी पत्नी अन्जला १० लाख धरौटीमा रिहा


मोरङ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी छन्।

मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै आजै उनी धौरटीमा रिहा भएकी हुन् ।

सहकारीसम्बन्धी कसुरमा मुद्दा चलाइएपछि उनी आज जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । उनलाई जिल्ला अदालतले थुनामा बस्नु नपर्ने गरी आदेश दिएको हो।

मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा कोइराला २६ जनाविरुद्ध मुद्दा दायर भएको छ। उक्त सहकारीमा अन्जला २०७२–०७३ देखि सञ्चालक समितिमा थिइन्। २२ करोड २८ लाख २७ हजार ७ सय रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ।

विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा विदा लिएर फरार थिइन् ।