Breaking

बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा


अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

बाक्लो हुस्सु र शीतलहरले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा सडक चिप्लो भएपछि आवागमन बन्द भएको थियो ।

निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

मङ्गलबारदेखि पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु, शीतलहरले यात्रा चुनौतीपूर्ण बनको छ ।