Breaking

भूकम्पीय जोखिम न्यूनिकरणका लागि पूर्वतयारीमा ध्यान दिनुपर्नेे विज्ञको सुझाब


नेपाल भूकम्पीय जोखिमको दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र भएको भन्दै विज्ञहरुले पूर्वतयारी र सचेतनामा विशेष ध्यान दिनुपर्नेे औल्याएका छन् । भूकम्प गएमा के गर्ने, कसरी संयमता अपनाउने? सुरक्षित हुने तरिकाहरु के हुन ? जस्ता विषयमा सचेतना बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । भूकम्पका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी अत्यावश्यक हुन्छ ।

भूकम्पविदहरूले पूर्वसूचना प्रणाली विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकतासमेत औल्याएका छन् । सामान्यतया पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानबाट भूकम्पको भविष्यवाणी गर्न सकिएको छैन। टेक्टोनिक प्लेटहरुबीचको अन्तरसंघर्षको कारणले भूकम्प जाने गर्छ ।