चीनको तिब्बतमा गएको भूकम्पका कारण पूर्वी नेपालका पहाडी जिल्लाका केही घरमा क्षति पुगेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भूकम्पका कारण पहाडी जिल्लाका केही घरमा क्षति पुगेको हो ।
बिहान ६ः५० बजे गएको भूकम्पमा परी चीनको तिब्बतमा ५३ जनाको मृत्यु भइसकेको छ ।
प्रहरीका अनुसार ओखलुढंगाको चिसांखुुगढी ५ का इन्द्रबहादुर परियारको घरमा पूर्ण क्षति भएको छ । सिद्धिचरण नगरपालिका– २ का हिमाल कार्की र खानीगाउँका चन्द्रबहादुर पुलामीको घरमा आसिंक क्षति घरमा क्षति पुगेको छ ।
सोलुखुम्बुमा तीन वटा घरमा क्षति पुगेको छ ।
प्रहरीका अनुसार सोलुखुम्बु खम्बुपासङ लाम्यु गाउँपालिका– ५ का डिमा शर्माको घरमा पूर्ण क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका– ७ का हर्कबहादुर खत्री र थामे प्रहरी पोष्टको कार्यालय भवनमा पनि क्षति पुगेको छ ।
ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ । संखुवासभाको भोटखोला–१ किमाथांकाका तेन्छेदी शेर्पाको घर भत्किएको छ ।
आज बिहान ६ः५० मा भूकम्पको ठूलो धक्का महसुस भएको थियो । भूकम्प गएपछि प्रहरीको १४ वटै जिल्लाको प्रहरी युनिटलाई परिचालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दाहालले बताए ।
प्रतिक्रिया