काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आशंकामा १३ जनाबारे थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई दिर्नेशन दिएको छ ।
अनुसन्धान प्रतिवेदनमा तिनपुस्ते यकिन विवरण नखुलेका याम कुमार नाल्बो, सुरज श्रेष्ठ, पुनम कुमारी चालिसे, मिरा बम्जन र संजिव गिरी समेतलाई थप अनुसन्धान गर्न सरकारी वकिलले जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो ।
ठुलो मात्रामा कर्जा रकम लिएर नतिर्ने शम्भु गुरागाईं, ओम प्रकाश गुरुङ, लक्ष्मी प्रसाद पौडेल, उमेश गुरुङ, दिपेश कुमार पुन, भिम बहादुर तामाङ र पुष्पा राईबारे पनि थप अनुसन्धान गर्न भनिएको छ ।
प्रतिक्रिया