काठमाडौं — अमेरिकी निर्वाचित राष्ट्रपतिडोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिनुभन्दा १० दिन अगाडि एउटा मुद्दामा अदालतले निर्णय सुनाउने तयारी गरेको छ । ट्रम्पले यही जनवरी २० मा पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । त्यसको १० दिन अगाडि न्यूयोर्क अदालतले ट्रम्पलाई सजाय सुनाउने तयारी गरेको हो ।न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको सम्बन्धी मुद्दामा फैसला सुनाइने बताएका हुन् ।
ट्रम्पलाई जेलमा पठाउने वा जेल बाहिर राखेर चालचलन सुधार्न मौका दिने वा जरिवाना तोक्ने वा निःसर्त छोड्नेबारे अदालतबाट निर्णय हुने संकेत ती न्यायाधीशले गरेको बीबीसीले जनाएको छ ।यदि, अदालतले सजाय सुनाएमा कानुनी रुपमा दोषी व्यक्तिको रुपमा ट्रम्प ह्वाइटहाउस प्रवेश गर्नेछन् । यद्यपि, उनलाई अदालतको फैसलामा पुनरावेदन गर्ने विकल्प भने बाँकी रहने बताइएको छ ।ट्रम्पले भने न्यूयोर्क अदालतको तयारीलाई अवैध राजनीतिक हमला भनेर आलोचना गरेका छन् ।
प्रतिक्रिया