राजनीति

लुक्ला सडक उद्घाटनमा प्रधानमन्त्री जाने


काठमाडौं — सोलुखुम्बु लुक्ला नजिकै सुर्केसम्म पुगेको सडक उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटक सडक’ उद्घाटन २० पुसमा गर्ने तयारी छ । सोही कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने गाउँपालिकाले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित सुर्केसम्म गाडी पु¥याइएको छ । जुन लुक्लाबाट नजिक पर्छ । योसँगै लुक्लामा मौसम अवरुद्ध हुँदा अब सडक मार्गमार्फत यात्रा गर्न सक्ने विकल्प बनेको छ । अहिले सोलुखुम्बु सल्लेरीबाट सुर्केसम्म ट्र्याक खोलिएको छ ।