काठमाडौं । देशकै सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले शनिबार आफ्नो ५०औँ दीक्षान्त समारोह सफलताका साथ सम्पत्र गरेको छ । विश्वविद्यालयले गत वर्षको भन्दा यस वर्ष दुई हजार बढी अर्थात् १४ हजार ३ सय ८ विद्यार्थीलाई दीक्षित गरेको हो ।
स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधितर्फ एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् । यसको मतलब देशमा आ–आफ्नो क्षेत्रमा थप योग्य व्यक्तिहरू थपिएका छन् । तर, दीक्षान्त समारोहमा विश्वविद्यालयका प्राध्यापकहरू प्रफुलित र, विद्यार्थी तथा अभिभावक उत्साहित नै भए पनि आगामी भविष्यलाई लिएर भने अन्योल छन् ।
उनीहरू नेपालको वर्तमान अवस्थालाई लिएर दुःखी छन् । भर्खरै स्नातक तह सकेकाहरूलाई थप अध्ययन, प्राज्ञिक शोध, अनि सीपमूलक रोजगारीको अभावले अत्याइरहेको छ । देशमा सुरक्षित भविष्य नदेखेका नव उदयबान युवा विद्यार्थीहरु थप उच्च शिक्षाको अबसरको खोजीमा विदेशिने मनसाय व्यक्त गरिरहेकाछन् ।
ज्ञानको डिग्री त्रिविबाट लिए पनि विश्व बजारमा चल्नका लागि विदेशकै विश्वविद्यालय ताक्नेको जमात ठूलो छ । एका तर्फ विद्यार्थीले दीक्षान्त समारोहमा खुसी साटेर टोपी संगै विदेशी सपनाको उडान भरिरहदा, अर्को तर्फ भने,डिग्री नेपाली बजारका लागि विक्न सक्दैन भन्ने कमजोर आत्मबलले माथि उठ्न दिएको छैन ।
त्रिविले वर्षेनी १२ देखि १४ हजारसम्म सक्षम र योग्यतावान् विद्यार्थी उत्पादन गरिरहँदा त्यति नै मात्रामा नेपाली बजारमा खपत हुन सकेका छैनन् । परिणामत आफ्नो योग्यता अनुसारको उचित सेवासुविधाका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पनि त्यो भन्दा बढी उत्पादन विदेशी बजारमा गईरहेका छन् । यसमा राज्यको ध्यान गए बढ्दै गएको शैक्षिक बेरोजगार कम हुन सक्ने विद्यार्थीको विश्वास छ ।
(बाँकि भिडियोसहित)
प्रतिक्रिया