Breaking

माओवादी पार्टी एक नम्बरको पार्टी भए सुशासनको नयाँ युग सुरु हुन्छ : प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन् ।

कञ्चनपुर आयोजित एक सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गरे ।

आफ्नो सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै उनले अहिलेको सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा रहेको बताए ।

उनले आफू नेतृत्वको सरकारले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा एकताबद्ध हुने र समायोजन हुने लहर चलेको बताए ।