Breaking

सकारात्मक सोचकासाथ विद्यार्थीले देशमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमा अघि बढाउनुपर्ने बताएकाछन् ।

आज त्रिभूवन विश्वविद्यालयद्वारा दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमाअघि बढाउनुपर्ने र आदरणीय, प्राचनिय थलोको रुपमा विकास गर्नुपर्ने बताए ।

मन्दिरमा जाँदा सकारात्मक भाव पैदा भएझैँ विश्वविद्यालयमा जाँदा पनि सकारात्मक भावका साथ जानुपर्ने बताए । उनले नेपाली समाज सभ्य समाज रहेको उल्लेख गर्दै त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरुलाई सुधार गर्दै जाने बताएकाछन् ।

प्रधानमन्त्री ओलीले सकारात्मक सोचका साथ नेपाली विद्यार्थीले देशमा काम गर्नुपर्ने बताए ।