Breaking

दुईतिहाइको सरकार हुँदा पनि तीनकुनेको मुआब्जा प्रक्रिया अघि बढेन : बालेन


काठमाडौं – महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । अहिले दुईतिहाइको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उनले बताए ।