काठमाडौं —नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोईरालाले नेपाली काँग्रेसले विपी कोईरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी रहेको बताएका छन् । आज नेपाली काँग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कुनैपनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए । कोईरालाले समाजका लागि सोचेमात्रै राजनीति हुने बताए । आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने बताएका छन् । नेपाली समाज वर्षौं पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको बताए ।
Breaking
प्रतिक्रिया