काठमाडौं —काठमाडौंबाट स्रोत नखुलेको ९२ लाख नगदसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको हो। रवि धमला, जितबहादुर तामाङ र सन्तोष खातीलाई प्रहरीले पक्राउ गरेको हो। स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
समाचार
प्रतिक्रिया