काठमाडौं — हेवन्ली ईभेन्ट म्यानेजमेन्टले पोखरामा पहिलो पटक “लिटल मिस मन्टेशवरी” कार्यक्रमको आयोजना गर्न लागेको छ। यो कार्यक्रम विशेष गरी ५ देखि १२ वर्ष उमेर समूहका मन्टेशवरीमा अध्ययनरत बालबालिकाहरूलाई लक्षित गरिएको छ।
कार्यक्रमका आयोजक सफल सुवेदीका अनुसार, यो कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, र जनसमक्ष निडर भएर बोल्न सक्ने क्षमता विकास गर्ने उद्देश्य राखेको छ। यस अवसरमा सहभागी बालबालिकालाई विशेष तालिम प्रदान गरिनेछ, जसले उनीहरूको समग्र विकासमा सहयोग पु¥याउने विश्वास लिइएको छ। तालिम आगामी पौष २८ गते हुने छ भने सीमित दर्ता मात्र लिइने छ।
इच्छुक अभिभावकले पौष २० गतेभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने जानकारी आयोजक संस्थाले दिएको छ। यो कार्यक्रम पोखराका बालबालिकाको क्षमता उजागर गर्न र उनीहरूलाई आत्मविश्वासी व्यक्तित्वका रूपमा तयार गर्न एउटा महत्वपूर्ण पहल बन्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया