देश

एमालले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै


काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

आगामी बुधबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनालगायतका विषयमा छलफल हुने छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ ।