Breaking

रवि केस: कहाँ–कहाँ चुक्यो प्रहरी ? आइजीपी र गृहमन्त्री नै विवादमा तानिए (भिडियो)


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र प्रहरीबीचअहिले जोगी देख्दा भैसी डराउने, भैसी देख्दाजोगी डराउने अवस्थाबन्दैछ ।

पूर्वगृहमन्त्री र बहालाबाला सांसद रहेकाले सायद रविले आफुलाई प्रहरीले उठाउने र यो हदसम्मको दबाब दिने कल्पना गरेका थिएनन् । प्रहरीले पनि धेरै अभियुक्तले थुनेर हिरासतमा राखेकाले रविको हकमायति धेरै तनाव र झन्झट व्यहोर्नु पर्ने सोचेको थिएन । फलतःअहिले एउटाको लागिअर्को घाँडो भैरहेकाछन् ।

रविलाई पक्राउ गरेदेखि कास्कीप्रहरीले मात्रै ३ बटा विज्ञप्ती जारी गरिएको छ । रातारात अड्डासार भएको विषयमा चितवन प्रहरीले पनि एउटा विज्ञप्ती जारी ग¥यो ।पछिलो समय फेरि रवि लामिछाने हिरासतमा सुतेको तस्विर बाहिरीएपछि अर्को कलहको विउ सुरु भएको छ ।

रवि पक्राउपछियो बीचमा के–के भयो ?

– २ कार्तिकमा, काठमाडौंबाट पक्राउ परेका रविलाई सोही राति कास्की प्रहरीको हिरासतमा पु¥याईयो ।
–कात्तिक ३ गते शनिवार भएकाले ४ गते मात्र रविलाइ प्रहरीले कास्की जिल्ला अदालतमा म्याद थपकालागि उपस्थिती गरायो । अदालतमा म्याथ थपको लागि रविलाई लैजादै गर्दा बोल्ने सूविाधा दिएपछि कास्कीप्रहरी प्रमुख र सीडीओसंग गृहमन्त्रालेले स्पस्टीकरण सोध्यो ।

यो विचमाप्रहरीले पत्रकार माथिहातपात गरेको र सुचना संकलनगर्न नदिएको भन्दै प्रहरीको चर्को आलोचनाभयो । सीडीयो कार्यालयले अदालत क्षेत्र आसपास निषेधज्ञा लगाउनु प¥यो । कात्तिक ४ः पहिलो पटक कास्कीजिल्लाअदालतद्वारा पक्राउ परेको दिनदेखि लागु हुने गरी ६दिन हिरासतमा राखेर अनुसन्धानगर्ने अनुमति ।

–कात्तिक ८ः कास्कीमै दोस्रो पटक ७ दिन म्याद थप
–कात्तिक २०ःकास्कीमै तेस्रो पटक १० दिन म्याद थप
–कात्तिक २५ः कास्कीमै चौथो पटक १३ ििदन म्याद थप
–कात्तिक २५ः अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान
–मङ्सिर ९ः कास्कीमै पाँचौ पटक १५ दिन म्याद थप
–मङ्सिर १३ः अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याएर बयान
–मङ्सिर १८ः अनुसन्धानका लागि काडमाडौंबाट चितवन लगेर बयान
मङ्सिर २३ः कास्कीमै छैँटौँ पटक ४दिनकालागि म्याद थप
मङ्सिर २४ः अनुसन्धानकालागि पोखराबाट पर्सा लगियो
मङ्सिर २५ः पर्सामा बयान
मङ्सिर २६ः पर्साबाट काठमाडौंहुँदै पोखरा लगियो
मङ्सिर २७ः पाँचदिनकालागि कास्कीमा सातौँपटक म्यादथप
पुस १ः प्रहरीद्वारा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

प्रहरीले चितवनमाभने रविको बयान गराउदा चर्को जनदबाब खेप्नु प¥यो । फलतः सुरक्षाको कारण देखाएर प्रहरीले चितवनबाट रातारात अड्डासार गरेर पोखरा पु¥याएपछि मानवअधिकार हनन् भएको विषयमाचर्को आवाज उठ्यो ।

बाँकि भिडियोसहित)