Uncategorized

नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई


काठमाडौं । ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा नेपाल प्रिमियर लिग(एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।


कीर्तिपुरको टियु मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो। १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

जनकपुरका लाहिरुले सर्वाधिक ८७ रन जोडे । लाहिरुले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको थियो ।

सुदूरपश्चिमका जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । जेबले एनपिएलमा आफ्नो दोस्रो अर्धशतक ३३ बलमा पूरा गरे ।

च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो भएको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्