खेलकुद

एसीसी यू–१९ : वर्षा बाधक बन्दा नेपाल र भारत अंक बाडेर सुपर फोर खेल्ने


काठमाडौं — एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले अपराजित रहँदै सुपर फोर खेल्ने भएको छ । मंगलबार भएको खेलमा नेपालले भारतसँग अंक बाँडेपछि नेपाल समूह चरणमा अपराजित रहेको हो । समूह चरणको दोस्रो खेलमा वर्षा बाधक बनेपछि नतिजा नआउँदा नेपाल र भारतले अंक बाँडेका हुन् ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८–० को अवस्थामा खेल्दा पानी परेपछि खेल रोकिएको थियो । खेल त्यसपछि सुरू हुन सकेन र नतिजा नआएपछि अंक बाँडेका हुन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।