काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकाछन् ।
धान्यपूर्णिमा, योमरी पुन्हि र उधौली पर्वको अवसरमा शुभकामना दिँदै उनले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको उल्लेख गरेकाछन् ।
प्रतिक्रिया