राजनीति

दिनदिनै रविको स्वास्थ्य खस्किँदै


सहकारी रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेका रास्वपाका सभापति रवि लामिछानेको पछिल्लो समय स्वास्थ्य अवस्थालाई लिएर चौतर्फी चासो बढेको छ । बुधबार स्वास्थ्य परीक्षण गर्दा उनको उच्च रक्तचाँप देखिएको भन्दै चिकित्सकले अस्पताल बस्न आग्रह गरेका थिए ।

तर लामिछानेले हिरासतमै बसेर अनुसन्धानलाई सघाउने भन्दै अस्पताल बस्न अस्वीकार गरे । उच्च रक्तचाप भएको बिरामीलाई जुनकुनै समय स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने भन्दै लामिछानेको विषयमा चौतर्फी चासो बढेको हो ।

५० वर्ष उमेर पुग्न लागेका रास्वपा सभापति रवि लामिछाने विगत ५७ दिनदेखि प्रहरी हिरासतमा छन् । बाहिरबाट हेर्दा तनदुरुस्त देखिए पनि भित्री रुपमा उनको स्वास्थ्य बिग्रदै गएको स्वास्थ्य जाँचमा संलग्न चिकित्सकहरु बताउँछन् ।

सहकारी रकम अपचलनमा गत कार्तिक दुई गते काठमाडौंबाट पक्राउ गरी रातारात कास्की प्रहरी हिरासतमा पु¥याइएका लामिछानेले यो ५७ दिन अवधिमा पाँच सहकारीको रकम अपचलनमापाँचै जिल्ला पुगेरसम्बन्धित जिल्लाका प्रहरी र सरकारी वकिल कार्यालयसमक्षबयान दिइसकेका छन् ।

कास्की, रुपन्देही र काठमाडौं गरी तीन जिल्लामा बयान दिदासम्म लामिछानेको स्वास्थ्य अवस्था राम्रै भएको चिकित्सकको दाबी छ ।

तर मंसिर १९ गते दिनभरचितवन जिल्ला सरकारी वकिल कार्यालयलाईबयान दिएका लामिछानेलाई स्वास्थ्यको प्रतिकूल अवस्था हुँदा पनि जबरजस्ती प्रहरीले मध्यराति पोखरा पु¥याएपछि लामिछानेको क्रमिक रुपमा स्वास्थ्य अवस्था बिग्रिरहेको उनको स्वास्थ्य जाँचमा संलग्न चिकित्सकहरुको भनाइ छ ।

रास्वपाका समानुपातिक सांसद डा. चन्दा कार्कीले रातारात सभापति लामिछानेलाई चितवनदेखि पोखरा पु¥याइनु शंकास्पद भएको बताएकी छन् ।

सो रुटमा नेपालका कहलिएका नेताहरुको शंकास्पद मृत्यु भएको हँुदा रास्वपा सभापतिलाई पनि त्यसरी लैजानुठुलो रहस्य रहेको उनको दाबी छ । कास्की प्रहरी हिरासतमा रहेका सभापतिको स्वास्थ्य परीक्षण गर्न पुगेकी सांसद डा. कार्कीले स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइन् ।

सभापति लामिछानेमा उच्च रक्तचापको समस्या देखिएको उनले बताइन् । उच्च रक्तचाप हुँदा जुनसुकै बेला मुटु फेल हुन सक्ने, मष्तिस्कघात हुन सक्ने, किड्नी ड्यामेज हुन सक्नेर मान्छे बेहोस भएर ढल्न सक्ने जोखिम रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

बुधबार पर्साबाट काठमाडौं हुँदै पोखरा पु¥याइएका लामिछानेको नियमित स्वास्थ्य जाँचका क्रममा ब्लड प्रेसर बढेको पोखरास्थित फिस्टेल हस्पितलका चिकित्सक डा. बसन्त ताम्राकारले बताएका थिए । उनले रक्तचाप उच्च रहेको भन्दै लामिछानेलाई अस्पताल भर्ना हुन आग्रह गरेका थिए तर लामिछानेले अस्पताल बस्न इन्कार गर्दै हिरासतमै औषधी खाएर अनुसन्धानलाई सघाउने जिद्दि कसेका थिए ।

लामिछानेको स्वास्थलाई लिएर उनका सुभेक्षुक तथा शुभचिन्तकहरुले चिन्ता व्यक्त गरेका छन् । केहीले भने यो स्टण्ड र चर्चाका लागि गरिएको टिप्पणी गरेका छन् । स्वास्थ्य जस्तो गम्भीर विषयमा चिकित्सकले आग्रह गर्दा पनि नमान्नु अराजग र दम्भ भएको उनीहरुको टिप्पणी छ ।

सहकारी रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान चलिरहेका लामिछानेको पक्षमा सत्ता र प्रतिपक्षमा रहेका नेताका साथै मानव अधिकारकर्मीहरु पनि बोल्न थाालेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका नेताले लामिछानेलाई हिरासतमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए। रास्वपाका नेता कार्यकर्ताले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर हिरासतमा राखेको आरोप सरकारमाथि लगाउँदै आएका छन् । लामिछाने स्वयम्ले पनि बारम्बार न्यायाधीशसमक्ष आफूलाई हिरासतभन्दा बाहिर राखेर अनुसन्धान गर्न आग्रह गर्दैै आएका छन् ।

उनले आफूले अदालतले भनेकै जिल्लामा रहेर अनुसन्धानलाई सघाउने भन्दै हिरासतमुक्त गर्न निरन्तर न्यायालयसंग आग्रह गरे पनि लामिछानेको मुद्दामा अनुसन्धान भएको ८१ दिन पुग्दासमेत प्रहरीले म्याद थप गर्दै हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ । सभापति लामिछानेको स्वास्थ्यको विषयमा न्यायालय, प्रहरी र सरकार गम्भीर नभएको आरोप रास्वपाका नेता, कार्यकर्ताको छ ।

लामिछानेलाई बिहीबार सातौं पटक कास्की जिल्ला अदालतका न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासले पाँच दिनका लागि म्याद थपको अनुमति दिएको छ । न्यायाधीश पौडेलको इजलासमा लामिछानेले संसदीय विशेष समितिका सभापति एवं नेकपा एमालेका सांसद सूर्य थापाले घुमाउरोपारामा एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखेको स्क्रिप्टमाचलेको आरोप लगाएका थिए ।

उनले पहिले नै तयार पारिएकोस्क्रिप्ट हालसम्म मिल्दै गएको, जसको साक्षी न्यायालय रहेको टिप्पणी गरेका थिए । लामिछानेले भनेका थिए,‘मध्यान्तरसम्म सबै मिल्दै आएको छ, अब यसपछि के हुन्छ हेर्न बाँकी छ ।’ एउटै आरोपमा गत असोज ६ मा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी भने अस्पताल भर्ना भएका छन् ।

बिहीबार स्वास्थ्य जाँचका क्रममा डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनलाईबिहीबारै साँझबाट गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।लामिछाने र जोशीमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, सहारा चितवन, वीरगञ्जको सोनोपाइला सहकारी, काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान भइरहेको हो ।

अनुसन्धानका क्रममा उनलाई सबै जिल्ला पु¥याएर बयान सकिएसँगै कास्की प्रहरी भने कारबाही सिफारिससहितको प्रतिवेदन तयारीको अन्तिम चरणमा रहेको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीमाथि मुद्दा दर्ता प्रक्रिया अगाडि बढाउने छ । यसपछि हुने थुनछेक बहसपछि मात्रै लामिछाने छुट्छन् वा थुनामै रहन्छन् भन्ने निक्र्यौल हुने देखिन्छ ।