गृहमन्त्री रमेश लेखक, आफुलाई कामबाट प्रमाणित गर्न नसक्दा, आलोचित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केहि मन्त्री हेरफेरको तयारी थालेछन् । यसमा लेखकको ठाउँमा अन्य कोही रिप्लेस हुने चर्चा छ।
सरकारको शक्तिशालि मन्त्रालय गृृह,तर इतिहासमै सवैभन्दा निरिह मन्त्री बन्दैछन्, रमेश लेखक । काँग्रेसका सांसदसमेत रहेका लेखकले देखिने गरि काम गर्न नसकेपछि उनको कार्यक्षमता माथिनै प्रश्न उठेको हो । दुई ठुला दल मिलेर बनेको शक्तिशाली सरकारको बलियो मन्त्रालयलेखकले सम्हालेको करिव ५ महिना पुगेको छ। तर अहँ,उनले हातको औलामा गन्न सकिने ५ काम समेत देखाउन सकेका छैनन् । बान्की मिलाएर शव्द खेलाउँदै विपक्षीमाथि छुरा शव्द प्रहार गर्न सक्ने लेखक, अहिले प्रश्न नभएर उतर दिने ठाउँछन् ।तर सिंहदरबारको मुकामा बसेर सत्ताको राजकागज भोगि रहेका उनले भूईमान्छेलाई चित्त बुझ्दो जवाफ दिन सकेका छैन । फलतः उनको नेतृत्व क्षमतामाथिनै प्रश्न छ ।
डिलमा बसेर गुनासो गर्दै चिच्याउनु र आफै मैदानमा छिरेर खेल्नुमा आकास जमिनको फरक हुन्छ भन्ने ज्ञान सम्भवत लेखकले भन्दा राम्रो संग हाल कसैले बुझेका छैनन् ।सरकारको दोस्रो शक्तिशालि मन्त्रालयले जनतालाई राम्रो संग डेलिभरी दिन नसक्दा सिंगो सरकारको चौतर्फी आलोचना सुरु भएको छ । लेखकले गृह सम्माले देखि हाल सम्म विभिन्न विवाद र काण्डहरु एक पछि अक्रो गर्दै बाहिरीएका छन तर लेखक भने कुनै पनि जवाफ र प्रतिकृया नदिई मौन बर्तमा देखिन्छन् ।
गत भाद्र १५ गते प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममासरकारको पवक्ताा समेत रहेका पृथ्वी सुव्वा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्ने सम्मको अभिव्यक्ति दिदा लेखक सुनेको नसुने जस्तो बने, स्वयंम प्रहरी नै हनि ट्यापिङमा संम्लग्न रहेको पीडितले बताउदा पनि आरोपित माथि कुनै पनि एक्सन लिएको देखिदैन । गत कार्तिक ४ गते साइवर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईको पक्राउको कारण र औचित्य हाल सम्म गृह र उनको मातहतमा रहेको प्रहरीले दिन सकेको छैन । सरकार विरुद्ध बोलेकै भरमा चिलले चल्ला टिपे झै प्रहरी परिचालन गरि च्याप च्याप विरोधी पक्राउ गर्दा सरकार माथि जनताको भरोसा टुट्दै गएको छ, भने राज्य नागरिक प्रति पूर्वाग्रही भएको अर्थमा पनि हेर्न थालिएको छ। जुन कुरा अहिले रास्वपा सभापति रवि लामिछानेलाई चितवनबाट रातारात उठाएर पोखरा पु¥याईएपछि शंकामा थप बल पुगेको छ।
सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रविलामिछाने,विगत ५१ दिन देखि प्रहरी हिरासतमा छन् । ४ जिल्लाको बयान सकेर रविलाई पुन पोखरा पु¥याईएको छ। तर पोखरा पु¥याउदा संघिन अपराध गरेको व्यक्तिलाईसमेत गर्न नहुने जुन तरहको व्यवहार मध्यरातमा प्रहरीबाट भयो, यसले सिंगो प्रहरीसंगठन र सरकारमाथि प्रश्न उठेको छ।
पछिल्लो क्रममा रविलाई मध्य राति कसैलाई पनि जानकारी नगराई चितवन देखि कास्की लगिएको घटनाले लामिछाने माथिको अनुसन्धानमा मानव अधिकार उलंघन भएको भन्ने आवाज चर्को रुपमा गुन्जीन थालेको छ । यस विषयमा सरकारका गृहमन्त्री एक शब्द नबोले पनि सत्ता पक्षकै केही नेताले भने खुलेर बोलेका छन ।
यद्यपी चितवन प्रहरीले राति लगिएको घटनाको विषयमाआईतबार प्रेश विज्ञप्ती जारी गरेर आफ्नो बचाउ गरेको छ । चितवन प्रहरीले संभावित घट्नाक्रमलाई मध्यनजर गर्दै लामिछानेकै सुरक्षाको लागि राति अड्डासार गरिएको दाबी गरेको छ। चर्को आलोचना खेपेको प्रहरीले, मापसे गरेको भन्ने आरोपलाई इन्कार गर्दै भ्रामक भनेको छ।
सहकारी प्रकरणमा लामिछानेलाई सिर देखि पाउ सम्मको बल लगाएर अनुसन्धान गरेको सरकारले धनराज र ऋषीकेशलाई भने काखी च्यापेको आरोप लाग्दै आएको छ । ललितपुरको मितेरी सहकारी प्रकरणमा सीआईबीले धनराजसंग एक पटक बयान लिए पनि अनुसन्धानमै संम्लग्न डीएसपी लाई सरुवा गरेर अनुसन्धान कमजोर बनाएको आरोप पनि लाग्दै आएको छ ।सहकारी ठगीमा संम्लग्नलाई सरकारले कडाईका साथ कानुनको दायरामा ल्याउन सकेको छैन ।विदेशमा लुकेर बसेको भनिएका जीवी राई सहित ५ जनालाई इन्टरपोल मार्फत रेड नोटिस जारी गरे पनि पक्राउ गरेर नेपाल ल्याउन सकेको छैन ।
केही दिन अघि प्रहरीले प्रमाण छ भन्दै, मानव तस्करी आरोपमा कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ ग¥यो । तर १६ दिनको हिरासतपछि सरकारी वकिल कार्यालयले ९ कारणसहित मुद्धा नचालउने निणर्य ग¥यो । प्रहरीले प्रमाण भनेको तथ्यनै तुहियो । उनकै मातहतको प्रहरी माथि हचुवामा मान्छे उठाएको आरोप लाग्दा गृहमन्त्रीले अस्वभाविक मौनता देखाए । प्रहरी चेनअफ कमाण्डमा चल्ने संगठन हो । तर गृहमन्त्रीको बस बाहिर रहेको अर्थमा हेर्न थालिएको छ।
जस्ले गर्दा सिंगो प्रहरी संगठन विस्तारै विवादको भुग्रोमा पर्दै गएको छ । लेखकको काम गराई प्रति वर्तमान सत्ता गठबन्धननका शिर्ष नेताहरु नै खुसी देखिदैनन् ।मन्त्रीमण्डल हेरफेरको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाले लेखकलाई रिप्लेस गर्ने तयारी गरेको स्रोतको दाबी छ। रातारात फेरीएको सत्ता समिकरण बने पछि हाल सम्म एक पछि अर्को विभिन्न काण्डहरु घटेका छन । तर सरकार भने आफ्नो विरोधीलाई तह लगाउन र आफ्नो काण्ड सामसुम बनाउन मै तल्लीन देखिन्छ ।
प्रतिक्रिया